SEE Result 2082

इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा इनोभेट नेपाल ग्रुपका बुढाथोकी सम्मानित

इडियुसञ्जालले जनवरी २०२१ देखि प्रदान गर्दै आएको महिना व्यक्तित्वमा यो महिना इनोभेट नेपाल ग्रुपका अध्यक्ष, इज्लिङ्टन कलेजका संस्थापक/प्रमुख कार्यकारी अधिकृत तथा "माई सेकेन्ड टिचर" का सह-संस्थापक सुलभ बुढाथोकी पर्न सफल भएका छन् ।

इडियुसञ्जालले अध्यक्ष बुढाथोकीलाई इनोभेट टेकको कार्यालय, बालुवाटारमा एक कार्यक्रमका बिच आज सम्मान पत्र र चिनो हस्तान्तरण गरेको छ ।

इडियुसञ्जालले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति मध्ये एक जनालाई प्रत्येक महिना सम्मान गर्दै आएको छ। शिक्षक, नीतिनिर्माता वा शिक्षासँग सम्बन्धित अन्य व्यक्तित्वहरूको कार्य मूल्याङ्कन गरी शिक्षामा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई सो सम्मान दिइने क्रममा बुढाथोकी चौथो सम्मानित व्यक्तित्व हुन्।

यो महिना निजी क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरको प्राविधिक शिक्षा भित्र्याउन सफलमध्धेका एक, शिक्षालाई प्रविधिमैत्री बनाउन अहोरात्र खटिएका र निजी क्षेत्रमा रहेर पनि नेपाली शिक्षाको गुणस्तर र प्रभावकारिताका लागि काम गर्दै आएका  हुँदा उनलाई सम्मान गरिएको इडियुसञ्जालका प्रमुख वित्त अधिकारी तथा सम्मान कार्यक्रमका संयोजक राजन कोइरालाले बताए।

बुढाथोकीको "माई सेकेन्ड टिचर" नामको सिकाई व्यवस्थापन प्रणाली अहिले चर्चामा छ भने नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको घोषणा पनि हालै गरिएको थियो। सो सिकाई व्यवस्थापन प्रणालीले कोरोना कहरका बिचपनि विद्यार्थीले घरमै बसेर आफ्नो पठनपाठनलाई निरन्तरता दिन सक्ने र अबको शिक्षा प्रविधिको प्रयोगमा सहज ढंगबाट संचालित हुनुपर्नेमा उनको जोड छ।

+2 School
Counseling
Bachelors Portal