अध्यक्ष ओलीले वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वडाध्यक्ष शैक्षिक विकासका लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित वडाध्यक्ष उत्तमबहादुर राउतले आफ्नो पारिश्रमिक जम्मा गरी स्थापना गरेको कोषका लागि आफूले उक्त रुपियाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

वडाका कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले स्थापित कोषमा सो रकम जम्मा गर्ने घोषणा गरेका हुन् । सो वडामा निर्माणाधीन भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष बोल्दै अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हुन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal