चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा

चन्द्रनगर गाउँपालिका र सिटीइभीटीको संयुक्त साझेदारीमा चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा आएको छ । चन्द्रनगर गाउँपालिकाको बबरगञ्जस्थित श्री दुर्गा खोभारी माध्यमिक विद्यालय भवनमा इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । आफ्नो भवन नभएसम्म विद्यालयको भवनमा कक्षा सञ्चालनमा ल्याइने बताइएको छ ।

इन्स्टिच्युटमा अहिले तीनवर्षे सिभिल इञ्जिनीयरिङ र सूचना प्रविधिको पढाइ हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद भट्टराईले जानकारी गराउनुभयो । इञ्जिनीयरिङ र सूचना प्रविधिको पढाइ गाउँपालिकामा शुरु भएपछि यस क्षेत्रका विद्यार्थीलाई सहज भएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो ।

 “पोलिटेक्निक इन्स्टिच्युट सञ्चालमा आएपछि आर्थिक अवस्था न्यून भएका तथा महिलालाई पढ्न सजिलो भएको छ”, अध्यक्ष महतोले भन्नुभयो, “अब कम खर्चमा यहाँका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनेछन् ।”

Degrees offered in nepal
Counseling
Bachelors Portal