SEE Result 2082

कक्षा ११– १२ को विद्यार्थी विवरण कार्तिक मसान्त भित्र अद्यावधिक गराउन केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११–१२ र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (टीईसीएस)मा कार्तिक मसान्तभित्र अध्ययनरत विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।

केन्द्रले आज एक सूचना जारी गर्दै अझै पनि अधिकांश विद्यालयहरुले कक्षा ११ र १२ तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुको विवरण अद्यावधिक नगरेको हुँदा अद्यावधिक गर्न निर्देशन दिएको हो ।

गत असार९ गते पहिलो पटक र साउन २५ गते दोस्रो पटक शैक्षिक सत्र २०७९ को विवरण अद्यावधिक गर्न विद्यालयलाई सूचित गरेको थियो ।

विद्यार्थी विवरण अद्यावधिक नहुँदा माध्यमिक तह सम्बन्धी बजेट तथा कार्यक्रम तयारी एवम् सूचक विकास सम्बन्धी कार्यमा कठिनाइ, कक्षा ११ मा विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम प्रभावित हुने हुँदा विद्यालयले आफ्नो विवरण अद्यावधिक गरी स्थानीय तह मार्फत कार्तिक मसान्तभित्र अपलोड गर्न निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal