SEE Result 2082

बालविकास सहजकर्तालाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने

विद्यालय संरचनाभित्र बालबाविकास कक्षालाई समेटेर कानुन बनाउन बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले माग गरेको छ ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसंग दफावर छलफलका क्रममा कार्यरत सहजकर्तालाई प्राथमिक तह तृतीय श्रेणी सरहको दरबन्दी सिर्जनाहुने कानुन बनाउन प्रस्ताव गरेकी छिन् ।

‘प्राथमिक तह तृतीय श्रेणीमा स्थायी गर्नका लागि आन्तरिक प्रस्तिपर्धा गराउने कानुन बनाउनुपर्छ ।’ उनले भनिन्, ‘आन्तरिक प्रतिस्पर्धामा नजाने सहजकर्तालाई गोल्डेन हेण्डसेकको व्यवस्था गरिनुपर्छ ।’

ससाना बालबालिकासंग २० औं वर्ष बिताएका सहजकर्तालाई घर जानेबेलामा रित्तै फर्काउने परम्पराको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

परीक्षामा भाग लिन उमेर हद लाग्न नहुने, प्रारम्भिक बालशिक्षकलाई सेवा अवधि गणना गरेर पेन्सन र उपदानको समेत व्यवस्था गर्ने कानुन बनाउन उनले संसदसंग अपिल गरिन् ।

+2 School
Counseling
Bachelors Portal