SEE Result 2082

कक्षा ११ र १२ को कम्प्युटर साइन्स चौथो समूहबाट दास्रो समूहमा

राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दास्रो समूहमा समूहीकृत गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०७९–८० का लागि समूह परिवर्तन गरेको हो ।

बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फाराम भर्ने सूचना जारी गर्दा समूह परिवर्तनको पनि सूचना जारी गरेको भए पनि केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको हुँदा हालका लागि साविककै समूहमा राखि निरन्तरता दिन बोर्डले सूचना जारी गरेको छ ।

साथै आगामि शैक्षिक सत्रबाट अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal