SEE Result 2082

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ को ग्रेडवृद्धि परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ भएका)  को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले उक्त परीक्षा वैशाख २८ गतेदेखि जेठ ६ गते सम्म सञ्चालन गर्ने भएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

कक्षा ११ को नियमित तर्फका परीक्षार्थीहरू (ग्रेडवृद्धि परीक्षार्थी भए सो समेत) को वार्षिक परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरूबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा २०८१ सालको कक्षा १२ को वार्षिक परीक्षा समाप्त भए पश्चात् २०८१ साल जेठमसान्तभित्र विद्यालयको अनुकुलतामा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्ने कार्यसमेत गर्न गराउन बोर्डले विद्यालयलाई निर्देश्न दिएको छ ।

तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने सूचनामा उल्लेख छ ।

कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित नहुने बोर्डले जानकारी दियो ।

परीक्षाको लागि चाहिने ग्राफपेपर, चार्ट, गोश्वरा भौचर, बैक नगदी किताब, लगटेबल जस्ता सामग्रीहरु परीक्षार्थी स्वयम्ले ल्याउनुपर्नेछ ।

+2 School
Counseling
Bachelors Portal