SEE Result 2082

कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) ले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।

शैक्षिक सत्र २०८०–८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको लागि रजिस्ट्रेसन  आवेदन फारम खोलेको हो ।

पुस १५ गतेसम्म विलम्ब शुल्क रहित (प्रति विद्यार्थी रु. ४००) बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा २०८० पुस मसान्तभित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी रु. ८००) का दरले हुन आउने रकम दाखिला गरी मिति  माघ १५ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाई सक्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal