SEE Result 2082

कक्षा १२ को परीक्षा आवेदन फारम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को परीक्षा आवेदन फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ । बोर्डले कक्षा १२ का नियमित, ग्रेडवृद्धि आंशिक परीक्षार्थीहरूको (साधारण, संस्कृत तथा प्राविधिक समूह) का विद्यार्थीको परीक्षा आवेदन फाराम भर्ने भराउने भएको  हो ।

सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा कक्षा १२ मा अध्ययन गरी २०७८ सालमा संचालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित, ग्रेडवृद्धि  गर्न चाहने विद्यार्थीले पनि सो फारम  भर्नु पर्ने बोर्डको सूचनामा  उल्लेख  गरिएको छ ।  

ग्रेडवृद्धि परीक्षा दिन चाहने परीक्षार्थीहरूले आंशिक तर्फ रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७० वा सो भन्दा बढी भएका परीक्षार्थीले फागुन मसान्तसम्म र सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले आगाामी चैत्र १५ गतेभित्र बिलम्ब शुल्क सहित बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन  दिनु पर्ने छ ।  

सम्बन्धित विद्यालय तथा क्याम्पसले  आगामी २२ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन पेश गर्न बोर्डले सम्बन्धित विद्यालय तथा क्याम्पसलाई निर्देशन  दिएको छ ।

+2 School
Counseling
Bachelors Portal