SEE Result 2082

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार एक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।

नतिजाअनुसार जीपीए ३.६१ देखि ४.० ल्याउनेहरु छ हजार ९१६ जना रहेका छन् । त्यस्तै जीपीए ३.२१ देखि ३.६० सम्म ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् ।

यसैगरी जीपीए २.०१ देखि २.४० सम्म ५२ हजार ४२७ जनाले, जीपीए १.६१ देखि २.०० सम्म सात हजार १६४ जनाले, जीपीए १.२१ देखि १.६० सम्म ३३३ जनाले, जीपीए ०.८१ देखि १.२० सम्म चार जनाले र जीपीए शून्यदेखि ०.८० सम्म १८ हजार ८३९ जनाले नतिजा प्राप्त गरेका छन् ।

कुल परीक्षार्थी चार लाख ३३ हजार २७१ थिए । परीक्षा गत मङ्सिर १६ गते सकिएको थियो । बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिनेछ । देशभरि चार हजार १०५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो ।

+2 School
Counseling
Bachelors Portal