SEE Result 2082

सजिलोसँग नतिजा हेर्न पाउनुपर्ने कक्षा १२का विद्यार्थीका माग

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बोर्ड र एनटिसीको वेबसाईटमा मात्र राख्ने तयारी थालेको छ । बोर्ड सुत्रका अनुसार विद्यालयले नै नतिजा तयार गरेर बोर्डमा पठाएको हुनाले नतिजा प्रकाशन गर्न तामझाम गर्नु पर्दैन ।

बोर्डको यो निर्णयले विद्यार्थीहरुले आफूलाई एकातिर कोरोनाले गर्दा सोचे जस्तो परीक्षा दिन नपाएको अर्कोतिर तत्काल नतिजा हेर्न नपाउँदा आफूलाई दुख लागेको बताए ।

विद्यार्थीहरुले बोर्ड र एनटिसीको वेबसाइट आवश्यक परेको समयमा खुल्दै नखुल्ने हुँदा आफूहरुलाई मर्का पर्ने बताए । बोर्डले एकातिर नतिजा प्रकाशनमा ढिलाई गरिरहेको र अर्को तिर विश्वव्यापीकरणको समयमा नतिजा प्राप्त गर्ने माध्यमलाई संकुचन गरेपछि समस्या हुने परीक्षार्थी सम्झना बुढाथोकीले बताइन् ।

ग्लेसियर इन्टरनेसनल स्कुलबाट कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाका लागि विदेश जाने तयारीमा बसेकी बुढाथोकीले नतिजा प्रकाशन हुने बितिकै हेर्न नपाउँदा मानसिक तनाव थपिने गुनासो व्यक्त गरिन् ।

उनकै जस्तो गुनासो छ अर्का परीक्षार्थी आयुष हुँमागाईको । उनी पनि बोर्ड र एनटिसीको वेबसाईट आवश्यक परेको समयमा खुल्दै नखुल्ने बताउँछन् । ‘जति नै हाइ स्पिडको इन्टरनेट भएको ठाउँमा गए पनि यी दुवै वेबसाइट समयमा खुल्दै खुल्दैनन् ।’ उनले भने, ‘नतिजा प्रकाश भएपनि पनि विद्यार्थीलाई तनावमा राख्नुभन्दा गतवर्ष जस्तै सबै प्लेटफर्मबाट नतिजा हेर्न पाए हुन्थ्यो ।’ चार लाख ३३ हजार दुई सय विद्यार्थीले कक्षा १२ को परीक्षामा सामेल भएका थिए ।

निर्धारित समयमा नतिजा प्रकाशन हुने झिनो आशा

 बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्न केही ढिलाई गर्ने संभावना बढेर गएको छ । यही १० गते भित्र नतिजा प्रकाशन गर्ने भनिए पनि विद्यार्थीको नतिजा तालिकीकरण गर्ने काम अझै बाँकी रहेकाले केही दिन पर जाने सम्भावना बढेर गएको हो ।

 बोर्डको गोप्य सुत्रका अनुसार अहिलेसम्म करिब ७० प्रतिशत विद्यार्थीको मात्र तालिकीकरण गरेको छ । दुई दिनमा बाँकी विद्यार्थीको तालिकीकरण सकिएमा मात्र निर्धारित समयमा नतिजा प्रकाशन हुने छ ।

बोर्डका अनुसार नतिजा सकेभन्दा छिटो प्रकाशन गर्ने तयारीमा छ । विद्यालयले पठाएको नतिजालाई तालिकीकरण गर्न झन्झटिलो भएका कारण निर्धारित समयमा नतिजा प्रकाशन हुनेमा आशंका बढेको हो ।

+2 School
Counseling
Bachelors Portal