SEE Result 2082

कक्षा १२ को नतिजा केही दिन भित्रै,अधिकांश विद्यालयले बोर्डमा विवरण पठाइसके

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को नतिजा केही दिन भित्रै गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । होम सेन्टरबाटै परीक्षा सञ्चालन गरेको बोर्डमा अधिंकाश विद्यालयले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा१२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ अनुसार विवरण पठाइसकेका छन् ।

विवरण आएका विद्यालयको धमाधम डाटा रुजु, इन्ट्रिलगायतका काम भइरहेको र विवरण पठाउन बाँकी रहेका विद्यालयलाई तत्काल विवरण पठाउन ताकेता गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘हाम्रा सबै शाखाहरु सक्रिय भएर काम गरिरहनु भएको छ, अधिकांश विद्यालयले विवरण पठाइसक्नु भएको छ ।’ उनले भने, ‘अन्तिम विवरण संकलन गरेर पुनः तत्काल नतिजाको विवरण पठाउन विद्यालयलाई ताकेता गर्छौं ।’

विद्यालयले प्राप्तांक पठाउँदा सिरियल नम्बर नमिलाएका कारण डाटा इन्ट्री गर्न भने केही ढिला भइरहेको छ ।  ‘विद्यालयले आफ्नै विद्यार्थीको विवरण पनि सिलसिला मिलाएर पठाएका छैनन्  ।’ उनले भने,   ‘विद्यार्थीको विवरण जिकज्याक  भएर आएका कारण खोज्दै इन्ट्री गर्दा केही ढिला भएको छ ।’

कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयदेखि स्थगित रहेको सो परीक्षा बोर्डले गत मंसिर ९ गतेदेखि १६ गते सम्म सञ्चालन गरेको थियो ।

नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० जना विद्यार्थी सम्मिलित थिए । सो परीक्षामा देशभरिका ४ हजार १०५ विद्यालयलाई नै परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको थियो । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालय भन्दा फरक जिल्लाका आफ्नो पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

बोर्डले साविकको कक्षा १२ को विशिष्टीकरण तालिकालाई निष्कृय राखी कार्यविधि अनुसार सैद्धान्तिकतर्फको अङ्कभारलाई सत प्रतिशत मानी सोको ४० प्रतिशत कायम गरेर परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ४० प्रतिशत अंंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने व्यवस्था कार्यविधिले गरेको छ ।

यस्तो छ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७ः

+2 School
Counseling
Bachelors Portal