SEE Result 2082

बिएमएसका १६ विद्यार्थीद्वारा थोरङ हिमचुली आरोहण

नेपाल माउण्टेन एकेडेमीका  ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ (बिएमएस) अध्ययनरत १६ जना विद्यार्थीहरू मनाङको थोरङ हिमचुली  आरोहण गरेका छन् ।

एकेडेमीका सातौँ ‘सेमेस्टर’ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुली आरोहण गरेका हुन् ।

उनीहरूले असोज १७ गते बिहीबार थोरङ हिमचुली आरोहण गरेको एकेडेमीका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङ्चु शेर्पाले बताए ।

प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीले पाठ्यक्रमअनुसार हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘¥यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, को प्रयोगात्मक सिप सिकेको प्रशिक्षक नरबहादुर अस्थानीले बताए । 

प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरू हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिए ।

पिक प्रोमोसन प्रालि नामक कम्पनीको आर्थिक तथा प्राविधिक सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक आङबाबू शेर्पाले बताए ।

+2 School
Counseling
Bachelors Portal