SEE Result 2082

शिक्षा र स्वास्थ्यमा व्यापारीकरण अन्त्य गरिने : प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौँ, १२ चैत (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा निजी विद्यालयको व्यापारिकण अन्त्यसहित सामुदायिक विद्यालयको स्तर माथि उकासेर समृद्धिको लक्ष्य हासिल गरिने बताउनुभएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई आज शिक्षालय मासिकद्वारा बधाइ दिन आयोजित कार्यक्रममा उहाँले यथास्थितिको निरन्तरताका लागि आफूहरुले सङ्घर्ष नगरेको र कम्युनिष्ट सरकार बन्नुको अर्थमा शिक्षामा समाजवादोन्मुख दिशा कोर्न सक्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “शिक्षामा सकारात्मक र गुणात्मक परिवर्तन नगरी समृद्धिको लक्ष्य हासिल हुन सक्दैन, यसका लागि पार्टी र सरकार दृढतापूर्वक न्यायिकरुपमा अघि बढ्न चाहान्छ, निजी विद्यालयलाई बन्दै गराउनुपर्छ भन्ने हामी ठान्दैनौँ तर सार्वजनिक शिक्षा सुधारको कार्यदिशालाई मुख्य प्राथमिकता दिन चाहान्छौँ ।” 

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले निजी विद्यालयको योगदान र सम्पतिको अधिकारलाई ख्याल गरेर शिक्षामाा नयाँ नीति र कानून ल्याउन सुझाव दिनुभयो । 

‘शिक्षापथ’ विमोचित 

कार्यक्रममा नेता श्रेष्ठले शिक्षालय मासिकले प्रकाशन गरेको ¬‘शिक्षापथ¬’ पुस्तकको विमोचन गर्नुभयो । निजी विद्यालयका ४९ सेवीहरुको जीवनी र विचारमा आधारित सो २३८ पृष्ठका पुस्तक श्याम तण्डुकारको परिकल्पना र राजन शर्माको सम्पादनमा प्रकाशित भएको हो । 
पुस्तकबारे समीक्षा गर्दै राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार प्रकाश सिलवालले निजी विद्यालय र यस क्षेत्रलाई बुझ्न तथा अध्ययन गर्नेहरुका लागि पुस्तक सहयोगी दस्तावेज हुने भएपनि शिक्षा पत्रकारिताले शिक्षा क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई चिरफार गर्न सक्नुपर्ने बताउनुभयो । गत फागुन २७ र २८ गते काठमाडौँमा सम्पन्न प्याब्सनको महाधिवेशनले नयाँ नेतृत्व निर्वाचिन गरेको थियो । 

+2 School
Counseling
Bachelors Portal