SEE Result 2082

आयोगको परीक्षा केन्द्र परिवर्तन

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौं जिल्लाको परीक्षा केन्द्र परिवर्तन गरेको छ । आयोगले कार्तिक दुई गते प्रकाशित गरेको सूचना अनुसार  कार्तिक १८ गते दिउँसो एक बजे सञ्चालन हुने परीक्षाको केन्द्र परिवर्तन गरेको हो ।

लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएकोले परीक्षा समन्वय समिति काठमाडौको सिफारीस र आयोगको हिजोको निर्णयानुसार परीक्षा केन्द्र संशोधन गरेको छ ।

आयोगले  कात्तिक १८ गते सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि एक लाख ७५ हजार जनाले आवेदन फारम भरेका छन् ।आयोगले देशभरबाट  ६७५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न लागेको छ ।

+2 School
Counseling
Bachelors Portal