SEE Result 2082

शिशु कल्याण माविको पक्की भवन

पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माविको पक्की भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ९१ लाख ८३ हजारको लागतमा दुईतले आठकोठे पक्की भवन बनेको हो ।

नवनिर्मित उक्त भवनको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले भवनको शुभारम्भ गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

स्वरोजगार सिर्जना गर्नका लागि समाजवादी शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै संस्थागत विद्यालयको विरोध गर्नुभन्दा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिए।

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पूर्वअध्यक्ष प्रवीन आचार्य, विद्यालयका सल्लाहकार डिल्लीराम बराल, वालादेवी आमा समूहका अध्यक्ष देवी आचार्य, स्थानीय शिक्षाप्रेमी कृष्ण अधिकारी, रामचन्द्र अधिकारीलगायतले शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए ।

+2 School
Counseling
Bachelors Portal