SEE Result 2082

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न निर्देशन दिएसंगै जिल्लाका विद्यालयले कक्षा ११ को परीक्षा सुरु गरेका हुन् ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।

बैतडीमा ५९ विद्यालयका विद्यार्थीका  ३ हजार ६५५ जना परीक्षार्थीे परीक्षा दिने तयारीमा जुटेका छन् । केही विद्यालयमा परीक्षा शुरु भइसकेको छ भने केहीले कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टका अनुसार सबै विद्यालय परीक्षा सञ्चालनको तयारीमा जुटेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले मङ्सीर १२ गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएपछि विद्यालयले आफ्नो अनुकूलता बमोजिम परीक्षा सञ्चालन गरेको सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले बताए ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको उनले जानकारी दिए । ‘सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरेका हौँ’, उनले भने, ‘परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पूरा गरेर मात्रपरीक्षा हलमा प्रवेश गराउँछौं ।’

+2 School
Counseling
Bachelors Portal