SEE Result 2082

सार्वजनिक शिक्षा सुदृढीकरण सम्बन्धि राष्ट्रिय बिचार गोष्ठी सम्पन्न

काठमाडौँ, बैसाख १६- शिक्षा अधिकार अनुगमन समूह नेपालले 'सार्वजनिक शिक्षा सुदृढीकरणमा विद्यार्थी संगठनहरुको भूमिका र नागरिक समाजसंगको सहकार्य' विषयमा राष्ट्रिय विचार गोष्ठी आयोजना सम्पन्न गरेको छ । 

कार्यक्रममा शिक्षा अधिकार अभियन्ता, शिक्षक, शिक्षाविद्, तथा विभिन्न विद्यार्थी संगठनहरुका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 

आफ्नो कार्यपत्र प्रस्तुत गर्दै शिक्षा अधिकार अभियन्ता गौरी प्रधानले अधिकार को बिषय वयेको र यसलाई सुविधा या अनुकम्पा को बिषय बनाउन नहुने कुरामा जोड दिनुभयो। 

उहाँले राज्यले धेरै धनराशी खर्च गरेपनि हाल अभिभावकले आफ्नो कमाईको धेरै हिस्सा आफ्नो छोराछोरीको शिक्षा दीक्षा को लागि खर्च गर्नु पर्ने कुरा दुखदायी भएको बताउनुभयो । तेस्तै प्रधानले पर्याप्त पुस्तक छापेर बिद्यार्थीलाई समयमै पुतक दिनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

कार्यक्रममा अन्य सहभागीहरुले पनि सार्वजनिक शिक्षा सुदृढीकरणको लागि जोड दिएका थिए । 

+2 School
Counseling
Bachelors Portal