SEE Result 2082

त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको पुष्टि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिने परीक्षामा व्यापक अनियमितता हुने गरेको पाइएको छ । सेवा आयोगले २०७३ फागुन १८ मा गरेको विज्ञापन नं. १८–०७३–०७४ को लेखा सहायक पद र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ प्राप्ताङ्क केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरेको, मेरिट सूची फेरबदल गरेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्ने उजुरी हुँदा अनियमितता भएको पाइएको छ ।

अख्तियारको अनुसन्धानमा सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गरेको पाइएको हो ।

अख्तियारले आज जारी गरेको सूचनामा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सह–प्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेले अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुयाउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिंदा निजहरुउपर तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

सेवा आयोगले सो मितिमा उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सेवा आयोगको कार्यालय, त्रिविबाट लिइएको विज्ञापन गरेको थियो ।

+2 School
Counseling
Bachelors Portal