प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने योजनाअनुरुप जङ्गी अड्डामा आवश्यक जनशक्तिसहित ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय’ स्थापना गरेको छ ।

नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी सो को सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालयको स्थापना भएको हो ।

सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरिएको छ । विश्वका विभिन्न राष्ट्रले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढीकरणका लागि आफ्नो राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयजस्ता उच्च प्राज्ञिक संस्था स्थापना गर्ने गरेका छन् ।

संयुक्त राज्य अमेरिका, चीन, बेलायतलगायत सार्क मुलुकहरु भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश एवं अफ्रिकी मुलुकमा समेत यस प्रकारका उच्च प्राज्ञिक संस्था स्थापना भई राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बद्ध विषयमा उच्च शिक्षा प्रदान हुँदै आइरहेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal