SEE Result 2082

कोरोनाको प्रत्यक्ष असर शिक्षामा, विद्यालय अनिश्चित कालका लागि बन्द

केही साता अघि भदौ एक गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरेको छ ।

हिजोको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिए । ‘शैक्षिक संस्था तथा पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’ पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने, ‘समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको छ ।’

सरकारले यस अघि सबै शिक्षकलाई भदौं एक गते अगाडि नै विद्यालयमा पुग्न निर्देशन दिएको थियो । जोखिम बढ्दै गएपछि सरकारले सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

+2 School
Counseling
Bachelors Portal