SEE Result 2082

कोरोना जोखिमः निर्णय मिच्दै हाजिर गर्न उर्दी

कोरोना भाइरस (कोभिड–१९) जोखीमलाई मध्यनजर गर्दै सरकारले भेला नहुने भनेपनि काठमाडौं महानगरपालिकाले भने शिक्षकलाई हाजीरी गर्न उर्दी जारी गरेको छ । 

काठमाडौ महानगरपालिकाका निमित्त शिक्षा अधिकारी तारापती खरेलले सवै विद्यालयका शिक्षकहरुले दैनिक हाजिर गर्न भनेका हुन् ।

सरकार भन्छः जोखिम छ, २५ भन्दा बढि भेला नहोऔं, तर, अटेर गर्दै शिक्षकलाई हाजीरी गर्न उर्दी

उनले हस्ताक्षर गरेको सूचनामा भनिएको छ,‘सवै विद्यालयका शिक्षकले विद्यालयमा हाजिर भई विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण, नतिजा तयारी, आगामी शैक्षिकसत्रका लागि योजना निर्माण, चालु शैक्षिक सत्रको उपलव्धि समिक्षा गर्ने ।’ 

यस्तै, महानगरले वार्षिक शैक्षिक कार्ययोजना बनाउन पनि निर्देशन दिएको छ ।

यसैविच, केहि निजी विद्यालयहरुले सरकारको निर्णय अवज्ञा गर्दै प्रवेश परीक्षा लिने तयारी थालेका छन् । नीजि विद्यालयहरुले निर्णय अटेर गर्दै प्रवेश परिक्षा लिने निर्णयमा पुगेको वताइएको छ । 

+2 School
Counseling
Bachelors Portal