SEE Result 2082

एक वर्षमा रिक्त हुने दरबन्दी विवरण पठाउने केन्द्रको एकाइलाई पत्राचार

वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ ।

उक्त विवरण  आगामी जेठ २० गते भित्र पठाउन  केन्द्रले एकाइलाई पत्राचार गरेको हो ।

शिक्षक सेवा आयोगको गत  वैशाख  १३ गतेको चनं ९९२ को  पत्रानुसार खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको रिक्त दरबन्दी विवरण माग भइ आएकोले २०७९ वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको पठाउने केन्द्रले एकाइलाई पत्राचार गरेको छ ।

साथै खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण नपठाउन केन्द्रले एकाइलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal