SEE Result 2082

शिक्षक दरबन्दी मिलान विरुद्ध परेको रिट अदालतद्वारा खारेज

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रधानाध्यापक सहित गरेको शिक्षक दरबन्दी मिलानका निर्णयका विरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ। नगरपालिकाका सबै माध्यमिक विद्यालयमा स्थायी मावि शिक्षकलाई प्रधानाध्यापक बनाउने लक्ष्यका साथ गरिएको दरबन्दी मिलानविरुद्ध परेको उत्प्रेषण, परमादेश, प्रतिषेध रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो।

२०७७ पुस ९ गते प्रदिप राई , शेष कुमार पौडेल र अकिल कुमार राईले हलेसी तुवाचुङ नगरपालिका, नगर शिक्षा समिती , इवन राई , हलेसी तुवाचुङ नगरपालिका शिक्षा शाखा र हलेसी तुवाचुङ नगरपालिका शिक्षा शाखा प्रमुख सञ्जुकुमारी दाहाललाई विपक्षी बनाई दायर गरेको रिट नं. ०७७ डब्लुओ ००२६लाई खारेज गरिदिएको छ ।

२०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान घोषणा गरेर नगरपालिकाले २०७७ साल पुस १ गते दरबन्दी मिलान गर्दै सबै मावि तहकै शिक्षक पठाउने र तिनै मावि शिक्षकलाई प्रधानाध्यापकका बनाउने गरी दरबन्दी मिलान सुरु गरेको थियो ।

विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले माविमा मावि तहकै स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो। प्रावि वा आधारभूत तहका शिक्षक प्रधानाध्यापक हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्य गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नै नेतृत्व हस्तान्तरण गर्ने निर्णय विरुद्ध परेको रिट अदालतले खारेज गरेसंग निर्णय कार्यान्वयनमा सहज भएको नगरप्रमुख इवन राईले बताए।

११ वडा रहेको नगरपालिकाभित्र हाल १२ ओटा मावि छन्। नगर शिक्षा शाखाले प्रक्रिया पुर्याएर गत असार २४ गते सम्बनिधत शिक्षकलाई पत्राचार गरेको भएपनि शिक्षक संडगठनको विरोधका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

+2 School
Counseling
Bachelors Portal