SEE Result 2082

सीटीईभीटीले १९ ओटा नयाँ शिक्षालयमा पूर्ण शुल्कीय तर्फको कार्यक्रम थप (शिक्षणसंस्था र संशोधित निर्देशिका सहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले १९ ओटा नयाँ शिक्षालयमा पूर्ण शुल्कीय तर्फको कार्यक्रम थप गरेको छ ।

टेक्स महाशाखाका अनुसार विभिन्न समयमा  डिप्लोमा÷प्रमाणपत्र तह र प्रि–डिप्लोमा तहका कार्यक्रम विस्तार गरेको हो ।

 महाशाखाका अनुसार साउन ११ गते डिप्लोमा÷प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फ गजेन्द्र नारायण सिंह मेमोरियल एकेडेमी, रौतहटमा डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह मेडिकल ल्याव टेक्नोलोजी सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको छ । उक्क कार्यक्रमको सिट संख्या क्रमशः ४०–४० र ३० रहेको छ ।

त्यसैगरी साउन १० गते जनता मा.वि, मिथिला बिहारी न.पा, नक्टाजिज, धनुषा डिप्लोमा इन एग्रिकल्चर (एनिमल साइन्स), जनता मा.बि, बागमती न.पा, सोल्टिबजार, सर्लाही डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स), श्री मा.बि, चिकना जेथाहरिया, यमुनामाई गा.पा–१, रौतहट डिप्लोमा इन सिभिल इन्जिनियरिङ,  कंकाली मा.बि, गुजरा न.पा ४, रौतहट डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी साउन ३ गते डिप्लोमा÷प्रमाणपत्र तहमा कर्णाली मा.बि, टिकापुर–१, कैलाली डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) थप गरेको छ । सो कार्यक्रमका लागि ४०  सिट प्रदान गरिएको छ । सो कार्यक्रममा वर्गीकृत छात्रवृत्तिका लागि ३  सिट छुट्याएको छ ।

त्यसैगरी प्रि–डिप्लोमा तहका पुर्ण शुल्कीय तर्फ मालिकार्जुन मा.वि, शैल्यशिखर–४, दार्चुलालाई  प्रि–डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ सञ्चालन गर्ने अनुमति दिएको छ । सो कार्यक्रमको पछि सिट संख्या ४० रहेको छ भने उक्त कार्यक्रममा ३ जनाले निःशुल्क अध्ययन गर्न पाउनेछन् ।

सीटीईभीटीले  ४८ सिट भएको कार्यक्रममा ४ जना, ४० जनाको सिट भएको कार्यक्रममा ३  जना र ३० जनाको सिट भएको कार्यक्रममा २ जनालाई वर्गीकृत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यसैविच सीटीभईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८१ दोस्रो संशोधन गरेको छ ।  साउन ७ गते सार्वजनिक भएको निर्देशिका अनुसार सञ्चालन हुने शैक्षिक कार्यक्रम र प्रवेश परीक्षामा सामेल हुनका लागि आवश्यक शैक्षिक योग्यता,छनोैटका आधार तथा कोटा सम्बन्धी व्यवस्था गरेको छ ।

६३ ओटा शिक्षण संस्थामा नसिङ कक्षा सञ्चालन नहुने

यो वर्ष पनि सीटीईभीटीबाट सम्बन्धन लिएका ११७ वटा पीसीएल नर्सिङ कलेजहरूमध्ये ६३ वटा शिक्षण संस्थाहरूमा भर्ना अवरुद्ध हुने भएको छ ।   

प्रवीणता प्रमाणपत्र तह नर्सिङका ५४ कलेजहरूमा भर्ना खोलिएको  पनि अन्य ६३ वटा कलेजहरूमा भने भर्नाको लागि आवेदन माग गरिएको छैन ।

सीटीईभीटी अन्तर्गत स्वास्थ्यतर्फ मेडिकल, डेन्टल र नर्सिङ विधाका १२ वटा ३ वर्षे शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । 

सीटीईभीटीले तोकेको मापदण्डको आधारमा मेडिकल विषयतर्फ सामान्य चिकित्साका १३४, अप्थाल्मि साइन्सका ७, मेडिकल ल्याब टेक्नोलोजिका १२०, फार्मेसीका ७४, डायग्नोष्टिक रेडियोग्राफीका ४६, आयुर्वेद जनरल मेडिसिनका १३, अकुपंचर, अकुप्रेशर तथा मोक्सिब्युसनका १, मेडिकल साइन्स (फिजियोथेरापी) का २२, योगा तथा नेचुरोप्याथीका १ र डेन्टल साइन्सका १० गरी ४३० कार्यक्रम नियमित सञ्चालनमा छन् । तर, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ जारी भएपछि सीटीईभीटी तथा नेपाल नर्सिङ परिषद्को मापदण्ड २०१६ को आधारमा सञ्चालनमा रहेका पीसीएल नर्सिङ तर्फका ११७ मध्ये ६३ वटा शिक्षण संस्थाहरूमा भर्ना अवरुद्ध भएको स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मल सापकोटाले बताए । 

चिकित्सा शिक्षा ऐन २०७५ ले विद्यार्थीको पढाई र अभ्यासका लागि मेडिकल तर्फ कम्तीमा ३०० तथा डेन्टल र नर्सिङतर्फ १०० शय्याको अस्पताल हुनुपर्ने व्यवस्था गरेको छ ।

सीटीईभीटी ऐनका व्यवस्था बमोजिम एकै क्षेत्रको विषय अध्यापन गराउने ४३० शैक्षिक कार्यक्रममा चिकित्सा शिक्षा ऐन लागू नहुने तर, नर्सिङ तर्फ मात्र लागू गरी भर्ना स्थगन गर्नु भेदभावपूर्ण रहेको उनले दाबी गरे ।

मञ्चले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा  समेत निवेदन दिएको  उनले जानकारी दिए ।  यस वर्षको भर्ना सम्बन्धी सूचनामा अवरुद्ध ६३ शिक्षालयहरूमा भर्ना नखुलेको भन्दै मञ्चले समितिमा निवेदन दिएको हो ।

विषयमा यसअघि समितिले भर्ना प्रक्रिया अवरुद्ध नगर्न शिक्षा मन्त्रालयमार्फत सीटीईभीटीलाई निर्देशन दिएको थियो । २०८० माघ २ गते बसेको समितिको बैठकले शिक्षा मन्त्रालयलाई भर्ना प्रक्रिया खोल्न र कानुनी समस्याको समेत समाधान गर्न निर्देशन दिएको थियो ।

थप शिक्षालय

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८१

 

+2 School
Counseling
Bachelors Portal