SEE Result 2082

सीटीईभीटीले शुल्क समायोजनको पुनरावलोकन गर्न समिति बनायो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) गत असार २९ गते सार्वजनिक शुल्क वृद्धिको पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । सीटीईभीटीले निर्देशक रामहरि देवकोटाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो ।

सीटीईभीटीले प्रमाण पत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी र प्रमाण पत्र तह नर्सिङको २०७९ पुस ६ गतेको मन्त्री स्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजन सम्बन्धी कार्यटोलीका सुझाव एवं परिषद् कार्यालयको असार १ गतेको निर्णयले शुल्क समायोजन गरेको २९ गते सूचना सार्वजनिक गरी जानकारी दिएको थियो ।

फार्मेसीमा २५ प्रतिशत बृद्धि गरी ३ लाख ८ हजार ६६०, सामान्य चिकित्सामा ३० प्रतिशतले शुल्क वृद्धि गरी ५ लाख २३ हजार ८२० र नर्सिङमा ३१ प्रतिशतले शुल्क वृद्धि गरी ६ लाख २४ हजार २३० रुपियाँ निर्धारण गरेको छ ।

विद्यार्थी संगठन, डा. गोविन्द केसीलगायतका सरोकारवालको चौतर्फी विरोध र शिक्षा मन्त्रीको निर्देशन पछि चिकित्सा शिक्षाको नियमन निकाय चिकित्सा शिक्षा आयोगले स्नातक तहको बिएन मा ५ लाख १८ हजार शुल्क हुनु तर प्रमाणपत्र तहमा सो भन्दा १ लाख ६ हजार बढीले शुल्क वृद्धि हुने गरी गरिएको निर्णय प्रति आपत्ति जनाएको छ । सीटीईभीटीको शुल्क वृद्धिको निर्णय व्यवहारिक नभएको हुँदा पुनरावलोकन हुनुपर्ने आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी बताउँछन् ।

+2 School
Counseling
Bachelors Portal