SEE Result 2082

सीटीईभीटीद्वारा मौका परीक्षा पुस २ गते गर्ने गरी कार्यतालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गरी तेस्रो वर्ष दास्रो खण्डका कार्यक्रममा कुनै एक विषय मात्र अनुत्तिर्ण भएका प्रशिक्षार्थीका लागि मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको गत कार्तिक २३ गते प्रकाशित एक विषयको मौका परीक्षामा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम रीतपूर्वकको आवेदन फाराम भरेका सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा तहका सिभिल, हाइड्रोपावर, इलेक्ट्रिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, सूचना प्रविधि, जियोमेटिक्स, रेफ एन्ड एसी, सोसियल वर्क, होटल व्यवस्थापन, उद्यमशीलता विकास र फुड एन्ड डेरी टेक्नोलोजी कार्यक्रमहरूको एक विषयको मौका परीक्षा पुस २ गते बिहान ८ बजे  देखि सञ्चालन गरिने तालिकामा उलेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal