SEE Result 2082

सीटीईभीटीद्वारा प्रवेश परीक्षा कलेजलाई नै सञ्चालन गर्न दिनेगरी निर्देशिका जारी (निर्देशिकासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले विद्यार्थी भर्नासम्बन्धी निर्देशिका जारी गरेको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८०, प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८० जारी गरेको हो ।

उक्त निर्देशिका जारी गर्दै सीटीईभीटीले तीनओटा कार्यक्रम बाहेक अन्य कार्यक्रमको प्रवेश परीक्षा शिक्षालय–कलेजलाई नै सञ्चालन गर्न दिने बाटो खोलेको छ ।

उक्त निर्देशिका अनुसार प्रमाणपत्र तहको नर्सिङ, फार्मेसी र हेल्थ असिस्टेन्ट (एचए) कार्यक्रम बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा कलेजलाई नै सञ्चालन गर्न दिने भएको छ।

सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना निर्देशिका जारी गरी १८ वटा शैक्षिक कार्यक्रमको भर्ना प्रक्रियालगायत सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थालाई नै दिएको छ ।

सीटीईभीटी मार्फत् सञ्चालित कृषि, इन्जिनियरिङ, ल्याब टेक्नोलोजी, आयुर्वेदलगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षादेखि भर्ना छनोटसम्मको अधिकार सम्बन्धित शिक्षण संस्थालाई नै दिने व्यवस्था सो निर्देशिकाले गरेको छ ।

कलेजले स्थानीय तहको शिक्षा शाखा प्रमुख र कलेजका प्रशिक्षक रहेको तीन सदस्यीय प्रवेश परीक्षा सञ्चालन समिति गठन गरेर परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था सो निर्देशिकाले गरेको छ ।

सीटीईभीटी अन्तगर्तका आंगिक ६५, साझेदारी ५२ वटा, निजी ४ सय २९ र सामुदायिक विद्यालय ६६४ ओटामा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।

ती संस्थामा अनिवार्य रूपमा १० प्रतिशत वा ८ हजार ४ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

निर्देशिका हेर्नुहोस्ः

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८०,

प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्वन्धी निर्देशिका, २०८०

+2 School
Counseling
Bachelors Portal