SEE Result 2082

सीटीईभीटीले पनि सहुलियत कर्जा दिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आर्थिक अभावका कारण सिप र क्षमता भएर पनि उद्यमी बन्न नसकेका र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम लिन र उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित युवालाई सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।

विभिन्न कार्यक्रमबाट उत्तीर्ण भएका जनशक्तिहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरी राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्यले परिषद् र नविल बैङ्कको सहकार्यमा सो कर्जा प्रदान गर्ने भएको हो ।

आवश्यक सिपयुक्त दक्ष जनशक्ति उत्पादन गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्न परिषद् र बैङ्कले सहकार्य गरेको परिषद्का सदस्य–सचिव जीव नारायण काफ्ल बताए ।

दुवै संस्थाले गरेको सम्झौतापत्रमा नविल दिगो बैंकिङ्ग सेवा अन्तर्गत नविल किसान कर्जा, नविल उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, टीईभीटी कर्जा र उच्च शिक्षा अध्ययनका लागि बैङ्कका विभिन्न शाखाहरुबाट सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था भएको नविल बैकका कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए ।  साथै बैङ्कले आवश्यकता अनुसार परिषद्का ग्राजुएटहरुलाई वित्तीय साक्षरता कार्यक्रम तथा तालिम समेत सञ्चालन गर्दै आएको छ । 

टीईभीटी सिप विकास कर्जा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्संग आवद्ध संस्थाहरुमा भर्ना भएको प्रमाण तथा अन्य प्रमाणित कागजात संलग्न गरेका १८ बर्ष देखि ६५ बर्ष सम्मका नेपाली नागरिकहरु प्राविधिकरव्यवसायिक तालिम प्राप्त व्यक्तिलाई ऋण प्रदान गर्न भएको छ ।

तालीम सकिएको एक बर्ष वा बढीमा तीन बर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही) का लागि बढीमा रु.२ लाख सम्म मासिक किस्तावन्दी अनुसार प्रदान गर्दै भएको छ । तालीम समाप्त भएपछि एक बर्ष वा बढीमा तीन बर्ष ९दुई मध्ये जुन छिटो हुन्छ सोही अनुसार कर्जा प्रदान गर्ने भएको छ ।

शिक्षित युवा स्वरोजगार

कर्जा स्नातक उत्तीर्ण गरी कम्तिमा सात दिन उद्यमशील सीप विकास तालिम प्राप्त गरेका १८ वर्ष देखि ४० बर्ष सम्मका नेपाली नागरिकहरुलाई उद्यमशीलता विकास गरी स्वरोजगार हुन बढीमा ५ बर्षका लागि बढीमा रु.७ लाख सम्म मासिक किस्तावन्दी अनुसार बढीमा ५ बर्षका लागि ऋण प्रदान गर्ने भएको छ ।

टीईभीटी उच्च शिक्षा कर्जा

एसएलसी वा एसईई परीक्षा उत्तीर्ण भै आय स्रोत कमजोर भएका १८ वर्ष देखि २५ वर्ष सम्मका विद्यार्थीलाई टीईभीटी उच्च शिक्षा कर्जा प्रदान गर्ने भएको छ ।

प्राविधिक÷व्यवसायिक क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न शैक्षिक बर्ष वा बढीमा ५ वर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही) बढीमा रु.५ लाख सम्म मासिक किस्तावन्दी अनुसार शैक्षिक वर्ष कायम रहेसम्म वा बढीमा ५ बर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही)का लागि प्रदान गर्ने सीटीईभीटीले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal