SEE Result 2082

सीटीईभीटीले जुलाई २०२१ पछिकालाई समकक्षता प्रदान नगर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८–७९ (जुलाई २०२१) देखि भर्ना भई अध्ययन पूरा गरेर आएका प्रि-डिप्लोमा (टी–एसएलसी) लाई समकक्षता प्रदान नगर्ने भएको छ ।

विदेशी शिक्षण संस्थाबाट प्रि–डिप्लोमा तहका स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरूमा शैक्षिक सत्र २०७८–७९ (जुलाई २०२१) पूर्व भर्ना भएर अध्ययन पूरा गरेकालाई सूचना प्रकाशित भएको मितिले एक वर्षभित्र निवेदन दर्ता गरी नियमानुसार समकक्षता प्रदान गरिने तर समयावधि पछिको प्रमाणपत्रको समकक्षता प्रदान नगर्ने भएको हो ।

स्वास्थ्य शिक्षा सम्बन्धी प्रि–डिप्लोमा तहका कार्यक्रमहरूको समकक्षता पाठ्यक्रम समितिको निर्णय बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागू भएपछि शैक्षिक सत्र २०७८–७९ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले प्रि-डिप्लोमा (टी–एसएलसी) तहका स्वास्थ्य शिक्षा सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू बन्द गरेको छ ।

+2 School
Counseling
Bachelors Portal