SEE Result 2082

सीटीईभीटीले डिप्लोमा तथा  प्रमाणपत्र तहमा पुनः भर्ना लिने (शिक्षण संस्थासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक शत्र २०८०–८१ को लागि डिप्लोमा तथा  प्रमाणपत्र तहका कार्यक्रमहरुमा पूर्ण शुल्कीय तर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट थप शिक्षण संस्था र कार्यक्रममा भर्नाका लागि  आवेदन माग गरेको छ ।

सीटीईभीटीको  पोलिटेक्निक महाशाखाको चनं ६८७ मिति २०६०।०६।२१ गते, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको च। नं ६९६, २०८०–०६–२१ गते, चनं ६७४, मिति २०८०–०६–१९ गतेको पत्रानुसार  भर्ना आवेदन माग गरेको हो ।

शैक्षिक शत्र २०८० र ०८१ का लागि डिप्लोमा तथा  प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरी थप सम्बन्धन स्वीकृति पाएका  शिक्षालय र कार्यक्रममा वर्गीकृत ९निःशुल्क० छात्रवृत्ति बाहेकका तोकिएका कोटामा परीक्षा नियन्त्रण कार्यालयबाट गत असार २८, २९ र ३० गतेको सूच्ना अनुसा।  अनलाइन इन्ट्री  भई पूर्ण शुल्कीय तर्फको सम्बन्धित कार्यक्रमको प्रवेश परीक्षामा सहभागी भएका सबै प्रदेशका परीक्षार्थीहरुलाई९ देशैभरीबाट० पुर्ण शुल्कीय लक्षित वर्ग, प्रि(डिप्लोमा र पुरुष कोटाको परीक्षार्थीले सोही कोटामा र सो बाहेकका अन्य कोटामा उत्तीर्ण सूचीमा  रहेका परीक्षार्थीहरुले पूर्ण शुल्कीय खुला कोटामा आवेदन माग गरेको हो ।

दर्ता भएका परीक्षार्थीहरु मध्येबाट प्रवेश परीक्षाको प्राप्तांकको योग्यताक्रमका आधारमा छनौट गरी विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले असोज २९  गते कार्यालय समय भित्र सूचनामा उल्लेखित शिक्षालयमा प्रवेश पत्रको प्रतिलिपी, प।नि।का। को वेवसाइटमा राखिएको नतिजा सिट संलग्न राखी निवेदन दर्ता गर्न सूच्ना जारी गरेको छ ।

 डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति बितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८० बमोजिम सम्बन्धित शिक्षालयमा गठित नतिजा प्रकाशन उप समितिले पूर्ण शुल्कीय तर्फका कोटा अनुसार दर्ता भएका निवेदनहरु मध्येबाट मुख्य र उत्तीर्ण सूचीको छनौट गरी योग्यताक्रमानुसार भर्ना सिफारिश तथा नतिजा प्रकाशन गर्ने सूचनामा उल्लेख छ ।

शिक्षण संस्था र कार्यक्रम

+2 School
Counseling
Bachelors Portal