SEE Result 2082

कमजोर विद्यार्थीलाई स्कुटी किनेर पठाओ चलाउन डीएभीको सुझाव

बालबालिकाको अन्तर्निहित क्षमता प्रस्फुटन गराउने पहिलो जिम्मेबार विद्यालय हो । उसको रुचि पहिचान गर्ने जिम्मेबार व्यक्ति शिक्षक । अन्तर्निहित क्षमता पहिचान गर्ने थलो शिक्षण सिकाइ क्रियाकलाप हो । सिकाइको सर्वमान्य सिद्धान्त ‘शिक्षणमा विविधता’ हो । एउटा शिक्षकले आफ्नो कक्षाकोठामा शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीको रुचि, क्षमता अनुसार शिक्षण गर्नुपर्छ यो शिक्षण सिकाइको चरण हो ।

फोटोः उपेन्द्र सुब्बाको फेसबुकबाट

शिक्षकले विद्यार्थीको क्षमता अनुसार उसको कमजोरी पत्ता लगाइ वैयक्तिक शिक्षण तथा उपचारात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने कुरा शिक्षकका लागि नौलो कुरा होइन । तर, हाम्रो समाजमा यस्ता अभिभावक पनि छन् जसले विद्यालयले लिने महंगो शुल्क र आकर्षक भवन हुँदैमा राम्रो भनेर आफ्नो कमाइको ठुलो हिस्सा आफ्नो छोराछोरीको पढाइका लागि विद्यालयलाई तिर्छन् ।

महंगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने आम अभिभावकको भावनालाई राम्रो उत्तर दिएको छ जाउलाखेलको (डीएभी) सुशील केडिया विश्व भारती स्कुलले । सो विद्यालयले लेखक तथा निर्देशक उपेन्द्र उपेन्द्र सुब्बाकी छोरीलाई पढाइमा कमजोर भएको भन्दै स्कूलबाट निकालिदिएको छ ।

कक्षा ९ मा पढ्ने उनकी छारीलाई पढाइमा सुधार गर्न नसकिने भन्दै विद्यालयबाट निकालिएपछि छोरी मानसिक दवावमा परेको सुब्बाले सामाजिक सञ्जाल मार्फत गुनासो गरेका छन् ।

 ‘भाइस प्रिन्सिपल सहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन । यिनले पढ्नै सक्दैन’ उनले फेसबुकमा लेखेका छन्, ‘पहिला पनि जोशी सरले पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भनू भयो भन्दै आमा छोरी दुवै मसँग रोए ।’

उनले आफ्नी छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्ने, यसका अलावा फिक्सन पढ्न औधि रुचि राख्ने सार्वजनिक गरेका छन् ।  ‘मलाई मेरो छोरीलाई ९–१० कक्षा पठाउने स्कुल चाहिएको छ ।’ उनले फेसबुकमा लेखेका छन्, ‘लाग्ने शुल्क म नियमित तिर्नेछु ।’

बालबालिकालाई पढ्न सक्दैनस् भन्नु घातक

अत्याधिक दवावले गर्दा केटाकेटीको मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । उनीहरूलाई कुनै पनि काम गर्न सक्दैनस् भन्दा मानसिक दवावमा परे एकांगी हुने, सानासाना कुरामा रिसाउने, बुबाआमालाई माया नगर्ने, विद्यालय प्रति नकारात्मक धारणको विकास भइ कुलतमा लाग्न सक्ने प्रवल सम्भावना हुने बालमनोविदहरू बताउँछन् ।

‘बालबालिकालाई उसको क्षमताअनुसार फरक शिक्षण गर्नुपर्छ ।’ बालमनोविद डा. शुशील कडेंल भन्छन, ‘बालबालिकालाई उसैको अगाडि गर्नसक्दैनस् भन्दा नकारात्मक सोच विकास भइ गलतमार्गमा लाग्नछन्, त्यसैले सधैं त्योभन्दा राम्रो गर्न सक्छौं भनेर उत्प्रेरित गर्नुपर्छ ।’ 

+2 School
Counseling
Bachelors Portal