SEE Result 2082

संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय

सरकारले  संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद बैठकले यो विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

संघीय शिक्षा ऐन सम्बन्धी विधेयक २०८० संघीय संसदमा पेश गर्ने निर्णय भएको छ।विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको २०८०, मन्त्रिपरिषद्ले गत साउन १६ गते स्वीकृत गरेको थियो ।  

मन्त्रिपरिषदबाट पारित भएको शिक्षा विधेयक तयारी नपुगेको भन्दै सरकारले संसदमा पेस गरेको थिएन । उक्त विधेयक पुनःअध्ययन गरेर संसदमा पेस गर्न लागिएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal