SEE Result 2082

सामुुदायिक विद्यालयमा आकर्षण कम

ललितपुर, २५ माघ ९रासस०ः महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनका लागि स्थानीय बालबालिकाको आकर्षण कम देखिएको छ । 

त्यहाँका बासिन्दाको आर्थिक अवस्था सुदृढ, केही पुख्र्यौँँली सम्पत्तिको सुविधा हुँदा यी विद्यालयको तुलनामा धेरैजसो अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएका हुन् । 

निजीमा विद्यार्थीलाई कडा नियम, प्रत्येक दिन विद्यालय अनिवार्य उपस्थित गराउने मनोवृत्ति, आवश्यकभन्दा बढी अतिरिक्त क्रियाकलापको सुविधा, आकर्षक किसिमको विद्यालय भौतिक संरचनाले निजीमा सकारात्मक प्रभाव पार्न सफल भएको महालक्ष्मी नगरपालिका सामुदायिक विद्यालयका स्रोतव्यक्ति राजेन्द्रविक्रम कार्कीले जानकारी दिनुभयो । 

महालक्ष्मी वडा नं १ देखि ४ सम्म इमाडोल क्षेत्र पर्छ । इमाडोलका–१० प्रतिशत, वडा ५ टिकाथलीका २० प्रतिशत, वडा नं ६ सिद्धिपुरका १५ प्रतिशत, वडा नं ७ चापाथली २५ प्रतिशत, वडा नं ८ लुभूका २५ प्रतिशत, वडा नं ९ लामाटारका ५० प्रतिशत र वडा नं १० लाकुरीभञ्ज्याङका ९५ प्रतिशत बालबालिका त्यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । कार्कीले भन्नुभयो, “एकको देखासिखीमा अर्काले निजी विद्यालयमा छोराछोरी पढाउने क्रम बढ्दै जाँदा यो विद्यालयप्रति स्थानीय व्यक्तिको मनोवृत्ति घटेको हो ।” 

नेपालका ७७ जिल्लाबाट बसाइँसराइ गरेर त्यहाँ आएका बढीभन्दा बढी बालबालिका महालक्ष्मीको सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । त्यहाँ स्थानीय तह गठन भएपछि यी विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन विभिन्न पहलको शुरुआत भइरहेको छ । तर, त्यहाँका शिक्षक तथा बालबालिकाको समस्या विचार गरी आवश्यक सुधार गरेमा पक्कै यी विद्यालयप्रति आकर्षण बढ्ने जानकार बताउँछन् । 

– सुभानु आचार्य 

+2 School
Counseling
Bachelors Portal