SEE Result 2082

त्रिविद्वारा पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रस्ताव माग

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा अनुसन्धान गर्नका लागि अनुसन्धान प्रस्ताव माग गरेको छ ।

आव २०७९–८० को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिवि अन्तर्गतका सम्पूर्ण निकायहरूबाट  सो प्रस्ताव माग  गरिएको  हो ।

अनुसन्धान गर्न इच्छुकले अनुसन्धान सञ्चालन सम्बन्धी मापदण्ड एवं निर्देशिका २०७८ (संशोधित)  अनुसार अनुसन्धान प्रस्तावको ढाँचा, मूल्याङ्कन विधि कार्यविधि अनुसूची ८  अनुसार असार ८ गते चार बजेभित्र पेस गर्न निर्देशन दिएको छ ।

परियोजनाका लागि पेस गरिएको अनुसन्धान प्रस्ताव अन्यत्र कहीं  पेस  नभएको,अङ्ग्रेजी बाहेकका भाषागत विषय नेपाली र अन्य विषयहरूमा अनुसन्धान प्रस्ताव अंग्रेजी भाषामा ्र लेखिएको हुनुपर्ने, अनुसन्धान निर्देशनालयले तोकेको आधार र प्रक्रिया पूरा नभएका अनुसन्धान प्रस्तावहरू मान्य नहुने सूचनामा  उल्लेख गरिएको छ ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयद्वारा जारी सिूचनामा  त्रिवि अन्तर्गत प्रदान गरिएका परियोजनाहरूको अन्तिम प्रतिवेदन नबुझाएसम्म त्यसमा संलग्न प्रमुख अनुसन्धानकर्ताहरूले त्रिविका अन्य परियोजनाहरूमा आवेदन दिन  नपाउने उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal