क्वारेन्टिन बनाइएका विद्यालयको वर्तमान अवस्थाको विवरण माग

गत कार्तिक २० गतेको मन्त्री स्तरीय निर्णयले विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा, २०७७ जारी गरी कोभिड १९ को संक्रमणपछि विद्यालय सञ्चालन गर्ने ढोका खोलेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयको निसंक्रमणीकरण र विद्यालय पुनःसञ्चालन सम्बन्धी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको छ ।

कोभिड–१९ को महामारी पछि बन्द भएका र उक्त अवधिमा क्वारेन्टिन ,होल्डिङ, आइसोलेसन सेन्टर सञ्चालन गरिएका विद्यालयको वर्तमान अवस्थाका बारेमा सम्बन्धित स्थानीय तहसंग समन्वय गरी वर्तमान अवस्थाका बारेमा मंसिर मसान्त भित्र पठाउन मन्त्रालयले पत्राचार गरेको हो ।

क्वारेन्टिन, होल्डिङ, आइसोलेसन सेन्टर बनेका विद्यालयहरुको निसंक्रमणीकरण र पुनः सञ्चालनको अवस्थाको बारेमा पहिचानका लागि मन्त्रालयले नेपाल शिक्षा समूहका सदस्य संस्थाहरु, स्थानीय तहसँग समन्वय गरी शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिइसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत रामचन्द्र शर्माले बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal