विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि आवेदन माग

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विज्ञ छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्याय सामग्रीहरू र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइ अन्तर्गत राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएबमोजिमका विषयगत नमूना सिकाइ सामग्रीहरू तयार गर्न विज्ञ सूची छनोट गर्ने भएको हो ।

केन्द्रले आज सूचना प्रकाशित गरी सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले बताए ।

आधारभूत तहको सामग्री लेखनका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ११ का हकमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्याङ्कन कर्ता वा अनौपचारिक शिक्षा तथा खुला विद्यालय शिक्षा विषय विज्ञ हुनुपर्ने सर्त राखेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal