SEE Result 2082

शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग

एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा सङ्गठनद्वारा जारी विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत वृद्धि गर्न माग गरिएको छ । 

राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्रसेवकले आफ्ना सन्ततिलाई अनिवार्यरुपमा सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्थाको उल्लेख गरिएको विज्ञप्तिमा मेडिकल कलेजको मापदण्डभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गरी जनताको प्रतिव्यक्ति आयका आधारमा निश्चित शुल्क लिन वैज्ञानिक शुल्क निर्धारणलगायतको माग गरिएको छ ।

यसैबीच सोही कार्यक्रम सकिएलगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

+2 School
Counseling
Bachelors Portal