SEE Result 2082

बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

नेपाल शिक्षक महासंघले आगामी आर्थिक वर्षको बजेटमा संशोधन गरी बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्धिको प्रबन्ध गर्न माग गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै बजेट सम्बन्धित शिक्षक–कर्मचारीका अन्य मागमुद्दा सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदी द्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै महासंघले स्थायी, अस्थायी र करार, राहत, साविक उमावि, बालकक्षा, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार एवम् संस्थागत विद्यालय लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीमा कुनै उत्साह र विश्वास सिर्जना गर्न नसकेको बताएको छ ।

महासंघको औपचारिक भेटघाटमा सरकारबाट बारम्बार प्रतिबद्धता व्यक्त भएको र भरखरै प्रस्तुत नीति तथा कार्यक्रममा समेत उल्लेख भएको विषय भए पनि न्यून वेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलव मानमा बजेटबाट कुनै बृद्धि नगरिएको विज्ञप्त्मिा उल्लेखछ।

‘शिक्षक–कर्मचारीका बजेटसंग जोडिएका मुख्य मागमुद्दामा बजेट मौन रहनुले यो बजेटले नेपाली शिक्षक तथा विद्यालय कर्मचारीमा ठूलो असन्तोष र आकोश बढाएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

माथिल्लो शैक्षिक योग्यता रहेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहका दरबन्दीमा समायोजन गर्ने, सङ्घीय शिक्षा ऐन जारी गर्ने तथा पुराना कार्यक्रमहरुको निरन्तरता जस्ता केही विषयहरु सकारात्मक भएको पनि विज्ञप्त्मिा उल्लेखछ ।पनि आम रुपमा यस बजेटले यसबाट नेपाली शिक्षक कर्मचारीलाई सरकारले फेरि आन्दोलन तर्फ धेकेल्न चाहेको प्रष्ट भएको छ ।

 

+2 School
Counseling
Bachelors Portal