SEE Result 2082

कोभिड–१९ संक्रमित विद्यार्थीको विवरण पठाउन माग

राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न भएको कक्षा १२ को वार्षिक परीक्षामा संलग्न विद्यार्थीहरुकोे कोभिड १९ का कारण सम्पूर्ण वा केही विषयको परीक्षा छुटेका विद्यार्थीको विवरण मंसिर मसान्त भित्र बोर्डमा पठाउन विद्यालयलाई आग्रह गरेको छ ।

बोर्डले हिजो एक सूचना जारी गरी सम्बन्धित विद्यालयहरुले संक्रमित विद्यार्थीको नाम रजिष्टेशन नम्बर सिम्बोल नम्बर परीक्षा दिने विषय एवम् कोभिड १९ पोजेटिभ भएको रिपोट (प्रधानाध्यापकले प्रमाणित गरेको छायाँप्रति) सहितको विवरण बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउन सूचित गरेको हो ।

बोर्डले विद्यालयलाई संक्रमणका कारण सम्पूर्ण वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुले कार्तिक २४ गतेदेखि मंसिर १६ गतेभित्र सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ को पोजेटिभ रिपोट पेश गर्न समेत आग्रह गरेको छ ।

+2 School
Counseling
Bachelors Portal