SEE Result 2082

वर्षभरिको प्राकृतिक विपद्को विवरण पठाउन माग

यस बर्षको मनसुन अवधिमा विद्यालय शिक्षामा मानवीय तथा भौतिक पूर्वाधारमा भएको क्षतिको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।

सम्पूर्ण क्षतिको तथ्यांक एवम् क्षतिको न्यूनीकरण तथा प्रतिकार्यका लागि गरिएका कार्यहरुको विवरण स्थानीय तह तथा त्यस जिल्लामा कार्यरत नेपाल शिक्षा समूहका सदस्य (गैरसरकारी संस्थाहरु) सँगको समन्वयमा संकलन गरी कार्तिक २५ गते भित्र यस केन्द्रमा पठाउन अनुरोध गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (योजना तथा बजेट शाखा) को निर्णय अनुसार शिक्षा क्षेत्रमा वर्षभरि प्राकृतिक विपत्का कारण भएको क्षतिको विवरण १५ दिन भित्र मन्त्रालयमा पठाउने निर्णय भएअनुसार केन्द्रले इकाइलाई अनुरोध गरेको केन्द्रले जानकारी दियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिको आठौं बैठकमा यस वर्षको मनसुन अवधिमा बाढी, पहिरो र चट्याङ्गका कारण सिर्जित विपदबाट भएको मानवीय क्षति र क्षेत्रगत क्षतिको तथ्यांक र भए गरेका प्रयासहरुको विस्तृत विवरण १५ दिन भित्र उपलब्ध गराउन सम्बन्धित मन्त्रालयरनिकायरकार्यालयलाई निर्देशन दिने निर्णय भएकाले सो अनुसारको विवरण उपलब्ध गराउन आग्रह गरिएको योजना तथा बजेट शाखाका शाखा अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal