SEE Result 2082

सीटीईभीटीद्वारा डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्  (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आशिक (विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम समेत) को परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।

परिषद्ले वैशाख १४ र २८ गते र जेठ १९ गते प्रकाशित परीक्षा आवेदन फाराम  भरेका  सेमेस्टर परीक्षा प्रणालोको डिप्लोमा तहका प्रथम वर्ष पथम खण्डका विद्यार्थीको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फाराम भरेका डिप्लोमा इन इन्जिनियरिङ तर्फ सिभिल, आर्किटेक्चर, रेफिजेरेटर एन्ड ए।सी। मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेटिक्स, कम्प्युटर, हाइड्रोपावर, फुड एन्ड डेरी टेक्नोलोजी, इन्फर्मेसन टेक्नोलोजी, होटल मेनेजमेन्ट, सोसल वर्क, एन्टरपैनरसिप डेभलपमेन्ट तथा कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमको प्रथम वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाका केन्द्र निर्धारण गरेको छ ।

परीक्षा आगामी असो २ गते बिहान ७ बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षा सम्बन्धित परिषद्, प्रदेश कार्यालयहरूको सिफारिसमा परीक्षा केन्द्र कायम गरेको आज प्रकाशित सूचनामा उल्लेख छ ।

 परीक्षा केन्द्रहरूको विस्तृत विवरण हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal