SEE Result 2082

शिक्षक सेवा आयोगद्वारा प्राविको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)

शिक्षक सेवा आयोगले आगामी चैत्र १९ गते सञ्चालन हुने प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । 

आयोगले  विभिन्न जिल्लाबाट  प्रतिस्पर्धा गर्ने गरी दरखास्त दिने उम्मेदवारहरूको परीक्षा केन्द्र माघ २८ को निर्णयानुसार निर्धारण गरेको हो । 

मावि र निमाविको दुई विषयको परीक्षा भने चितवनमा

आयोगले बागमती प्रदेशको माध्यमिक तथा निम्न माध्यमिक तहको नेपाली र अंग्रेजी विषयको परीक्षा चितवनमा गर्ने भएको छ । 

पूर्व सूचनाअनुसार माध्यमिक र निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य) प्रदेशस्तरमा  आगामी  चैत्र १५ र १७ गते दिनको ११ बजे मकवानपुरमा सञ्चालन हुने भनिएकोमा परीक्षा समन्वय समिति हेटौंडाको मिति २०७८फागुन २ को निर्णयानुसार उक्त जिल्लामा सञ्चालन हुने भएको हो ।

मकवानपुर जिल्लाको भौतिक पूर्वाधार नपुग भएकोले माध्यमिक र निम्न माध्यमिक तहको नेपाली र अंग्रेजी विषयको परीक्षा चितवन जिल्लामा  गर्ने निर्णय गरेको हो । अन्य विषयको परीक्षा पूर्ववत सूचना अनुसार मकवानपुर जिल्लामा नै सञ्चालन हुने आयोगले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal