SEE Result 2082

धरान उपमहानगरले वैशाख १८ गतेभित्र परीक्षा सञ्चालन गरिसक्ने

मन्त्रीपरिषद्ले कोरोना संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धरान, वीरगंजलगायतका व्यस्त सहरमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न रोक लगाइ सकेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा आगामी १६ गतेदेखि एक साताका लागि निषेधआज्ञा जारी गर्ने तिीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले घोषणा गरिसकेका छन् । ित्रभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका सबै परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिसकेका छन् ।

अति प्रभावित क्षेत्रका सबै विद्यालय तथा विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरिसकेको अवस्थामा सुनसरीको धरान उपमहानगरपालिकाले भने कक्षा ५ देखि माथिका सवै कक्षाका मुख्य ५ विषयहरु ९नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक० को परीक्षा वैसाख १८ गतेभित्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै सम्पन्न गरिसक्ने र अन्य विषयहरु आन्तरिक मूल्याङ्कनबाट निर्णय गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख तिलक राईको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले कक्षा ५ भन्दा तल्ला कक्षामा सबै विषयहरु आन्तरिक मूल्याङ्कनबाट निर्णय गरिने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम सबै शैक्षिक संस्थाहरुमा परीक्षा बाहेक भौतिक रुपमा सञ्चालन हुने शैक्षिक गतिविधिहरु ९ट्युशन,कोचिङ्, तयारी कक्षा आदि० पूर्ण रुपमा बन्द गरिने उपमहानगरले निर्णय गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal