डिप्लोमा  तथा  प्रमाणपत्र  तहको रजिस्ट्रेसन आवेदन फाराम खुला

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा  नियन्त्रण कार्यलयले  डिप्लोमा  तथा  प्रमाणपत्र  तहको  तहको शैक्षिक सत्र २०७९–८० का लागि रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना प्रकिया पश्चात अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रसन फारम मंसिर २८ गतेदेखि पुस १९ गते भित्रमा नियमित शुल्कमा र पुस २० गतेदेखि २६ गते भित्र विलम्ब शुल्कमा फारम  भर्नेगरी सूचना जारी गरेको हो ।

सीटीईभीटी अन्तर्गतका प्रदेश कार्यालयहरूमा रजिस्ट्रसन फाराम बुझाउ सम्बन्धित सम्पूर्ण शिक्षण संस्थाहरूलाई निर्देश्न जारी गरेको छ ।

शिक्षालयहरूले वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फको प्रवेश तथा पुनः प्रवेश, परीक्षा  उत्तीर्ण सूचीबाट हुने परीक्षार्थीको भर्ना सम्बन्धी सम्पूर्ण प्रक्रिया पुस ११ गते भित्रमा अनिवार्य रूपमा टुङ्ग्याउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal