SEE Result 2082

विकट गाउँमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने

थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट अनुमति लिएर यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ’ कक्षा सञ्चालन गर्ने भएको उक्त गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।


शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त गाउँपालिकामा ४८ सिटका लागि उक्त कक्षा सञ्चालन गर्न स्वीकृति दिएकाले कार्य अघि बढाइएको उहाँको भनाइ थियो ।
अध्यक्ष राईले भन्नुभयो,“वर्तमान समयमा वैज्ञानिक तथा व्यवहारिक शिक्षा अति आवश्यक भएकामा हाम्रा लागि यो महत्वपूर्ण सफलता हो ।”

“विभागीय मन्त्रीसँग २०आँै पटक र सयौँ पटक सम्बन्धित निकायसँग नियमित पहलपछि बल्ल यो कक्षा सञ्चालन गर्ने हामीले स्वीकृति पायौँ ।” उहाँले भन्नुभयो, “यसले दक्षजनशक्ति उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।”

गाउँपालिकाको केन्द्र मुक्लीमा कक्षा सञ्चालन गर्न गाउँसभाबाट चालु आर्थिक वर्षमा रु ५० लाख बजेटसमेत विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । उहाँका अनुसार सोही प्रयोजनका लागि रु ७५ लाखको लागतमा दुई तले भवनसमेत निर्माण भइसकेको छ ।

अध्ययनका लागि सोलुखुम्बुसहित खोटाङ र ओखलढुङ्गा जिल्लाका विद्यार्थी पढ्न यहाँ आउन सक्ने अध्यक्ष राईले बताउनुभयो । “इञ्जिनियरिङ पढ्नकै लागि ऋण खोजेर बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।” उहाँले भन्नुभयो, “आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई पनि आफ्नै ठाउँमा रोटी, ढिँडो खाएर इञ्जिनीयर बन्न पाउने अवसर प्राप्त हुनेछ ।”

मुक्लीमा शुरु हुन लागेको इञ्जिनीयरिङ कक्षा जिल्लाकै पहिलो हो । यहाँबाट एसईइ परीक्षा दिएपछि इञ्जिनीयरिङ अध्ययनका लागि दोलखा, इटहरी, काठमाडाँैलगायत क्षेत्रमा लाखांै खर्च गरेर जानुपर्ने बाध्यता अन्त्य हुनेभएकामा यहाँका बासिन्दा हर्षित छन् ।
अन्यत्र पुगेर सो विषय अध्ययन गर्न करीब रु १० लाख लाग्ने भएकामा गरीब तथा जेहेन्दार विद्यार्थीलाई गाउँपालिकामै रू दुईलाख ५० हजारमै इञ्जिनीयर बनाउने लक्ष्यका साथ यो प्रयास गरिएको अध्यक्ष राईको भनाइ थियो ।

मुक्लीका शरण राईले २०५९ सालमा दोलखाको जिरीबाट असिसिटेण्ट सब इञ्जिनीयर अध्ययनका लागि रु डेढलाख खर्च भएको सम्झदै भन्नुभयो, “मलाई पनि इञ्जिनीयर पढ्ने ठूलो इच्छा थियो, काठमाडाँै पुगेर प्रवेश परीक्षा पनि दिएँ तर खर्च नभएकाले कमर्स पढेँ ।”

विसं २०६९ मा दोलखाबाट असिसिटेण्ट सव इञ्जिनीयर अध्ययन गर्नुभएकी थुलुङदूधकोशी– ६ की सुनिता गुृरुङले पनि इञ्जिनीयरिङ विषय अध्ययन गर्ने इच्छा अझै पूरा हुन नसकेको बताउनुभयो । गाउँमै सव इञ्जिनीयरिङ कोर्षको अध्ययन हुनु पूर्वी पहाडी क्षेत्रको लागि गौरवको कुरा भएको उहाँको भनाइ थियो ।

सोताङका सागर कार्कीले सामाजिक सञ्जाल फेसबुक पेजमासमेत दुर्गम पहाडी क्षेत्रको लागि खुशीको कुरा भएको बताउनुभयो ।

+2 School
Counseling
Bachelors Portal