SEE Result 2082

छात्रवृत्ति कोटाको प्रक्षेपण गरी पन्ध्र दिन भित्र विवरण पेश गर्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले सवै संस्थागत विद्यालयलाई आगामी शैक्षिक सत्रमा प्रदान गरिने छात्रवृत्ति कोटाको प्रक्षेपण विवरण पन्ध्र दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।

महानगरपालिका शिक्षा विभागले कानुन बमोजिम छात्रवृत्ति प्रदान गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

विभागले शिक्षा ऐन २०२८ को दफा १६ ञ (१) मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ” भन्ने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्न निर्देशन दिएको छ ।

विभागले काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५को दफा ५१ (१) मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कूल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था छ । ऐन तथा नियमावलीमा भएको व्यवस्था वमोजिम आगामी शैक्षिक सत्र २०८१ मा विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको प्रक्षेपण गरी पेश गर्न निर्देशन दिएको छ।

+2 School
Counseling
Bachelors Portal