SEE Result 2082

विद्यालयमा विपत् जोखिम न्यूनीकरणमा सुधार

नेपालगञ्ज, १४ मङ्सिर (रासस) ः बाँकेका तीन वटा गाउँपालिकाअन्तर्गतका बिद्यालयमा विपत् जोखिम न्यूनीकरणका बारेमा सुधार भएको छ । 

शैक्षिक क्षेत्रमा प्रकोप जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन एवं सुदृढीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमपछि यस्तो सुधार भएको हो । 

जिल्ला शिक्षा समन्वय एकाइको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको परियोजनाले विद्यालयमा प्रकोप व्यवस्थापन, विद्यालय सुधार योजना निर्माण, जोखिम पहिचान, समाधानका उपाय, बाल संरक्षण, सुरक्षित स्थान, परिवारिक सुरक्षालगायतका विषयमा सहयोग पु¥याएको छ । 

बाँकेको डुडुवा गाउँपालिकामा आज आयोजित परियोजनाको वार्षिक प्रगति समीक्षा बैठकमा सोको जानकारी दिइएको हो । कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका १७ वटा सामुदायिक विद्यालयका शिक्षकको सहभागिता रहेको थियो । 

त्यसअवसरमा गाउँपालिका निमित्त शिक्षा शाखा संयोजक रामइकबाल मण्डललाई युनेस्कोका कार्यक्रम अधिकृत अनुप वर्माले वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । 

+2 School
Counseling
Bachelors Portal