SEE Result 2082

विज्ञान दिवसमा मन्त्रालयद्वारा विभिन्न विधामा पुरस्कार घोषणा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवसका अवसरमा व्यक्ति तथा विभिन्न संस्थालाई पुरस्कृत तथा कदरपत्र प्रदान गर्ने घोषणा गरेको छ ।प्रविधि विकास विस्तार र उन्‍नयनमा विशेष योगदान पुर्याएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो ।

मन्त्रालयले माईक्रोबायोलोजी केन्द्रीय विभाग त्रिवि, विपद न्यूनीकरण सम्बन्धी प्रविधि तर्फ डा प्रदिप ज्ञवाली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, उदयीमान प्रविधिमा डा आभाष मास्के, नास्ट, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा दिपक प्रसाद शर्मालाई पुरस्कृत गरेको छ ।

त्यसैगरी, अन्तरिक्ष प्रविधि तर्फ प्राडा उदयराज खनाल, जैविक प्रविधि तर्फ प्राडा प्रकार घिमिरे विज्ञान पत्रकारितातर्फ कान्तिपुर दैनिकका मणि दाहाल,लाई जनही २५ नगद राशि र कदर पत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै बीपी कोइराला संग्रहालय, सुन्दरीजल, शम्भु आचार्य, निरीक्षक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय लगायत ५ जनालाई विशेष कदरपत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal