SEE Result 2082

गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आयोजना गरिएको गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ ।

चितवनमा निर्माणाधिन गौतम बुद्ध रंगशालालाई आर्थिक सहयोग गर्ने उद्देश्यले वीवीएम छैँठौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सम्पन्न भएको हो ।

सो खेलका विजयी टिमलाई एक समारोहका विच पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको क्याम्पस प्रमुख प्राडा. तारा प्रसाद उपाध्यायले बताए ।

चैत्र २९ देखि वैशाख २ गतेसम्म बुटवल ११ देवीनगरमा सम्पन्न भएको उक्त क्रिकेट टुर्नामेन्टमा छात्रतर्फ वीवीएस चौथो वर्ष विजयी भएको थियो भने वीवीए प्रथम सेमेष्टर उपविजेता हुन सफल भएको थियो ।

साथै, छात्रातर्फ वीवीए तेश्रो सेमेष्टर विजयी भएको थियो भने वीवीए प्रथम सेमेष्टर उपविजयी हुन सफल भएका थिए ।

+2 School
Counseling
Bachelors Portal